Kath khabar
नेप्सेमा सुधार : निर्जीवन बीमा बाहेक सबै समुहको सुचक बढ्यो


             काठमाडौं, मंसिर ८। नेप्सेमा सुधार देखिएको छ । अघिल्लो दुई दिन उच्च अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने ११ दशमलव ५६ अंकले बढेर १९ सय ३३ दशमलव ५५ अंकमा चढेको छ ।

यसैगरी सेन्सिटिभ तीन दशमलव दुई अंकले बढेर तीन सय ८० दशमलव ९२ अंकमा चढेको छ । नेप्सेमा आज दुई सय ३२ वटा कम्पनीहरुको १८ हजार चार सय ९५ पटकको कारोबारमा २५ लाख ६९ हजार दुई सय २९ कित्ता खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ९२ करोड ५१ लाख ७४ हजार तीन सय ८० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये निर्जीवन बीमा समुहको सूचक घटेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १२ वटा समुहहरूको सूचक उच्च अंकले बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज घलेम्दी हाईड्रो पावर कम्पनी, आरएमडिसी लघुवित्त वित्तीय संस्था, साना किसान लघुवित्त वित्तीय संस्था, आदिको शेयर मूल्य बढेका छन् भने किसान लघुवित्त वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स कम्पनी, ङादी ग्रुप पावर लिमिटेड, पिपुल्स पावर लिमिटेड, ग्रीन लाइफ हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शाईन रेसुंगा डेभलपमेन्ट बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि, घलेम्दी हाइड्रो पावर कम्पनी आदि परेका छन् ।


 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update