Kath khabar
नेप्सेमा १५ अंकको पहिरो



          काठमाडौं, मंसिर १२। अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार भने घटेको छ ।

नेप्से आज १५ दशमलव ६१ अंकले घटेर १९ सय ५० दशमलव ३७ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ६३ अंकले घटेर तीन सय ८२ दशमलव ६१ अंकमा सीमित भएको छ । आज नेप्सेमा दुई सय ३६ वटा कम्पनीहरूको २४ हजार नौं सय ५१ पटकको कारोबारमा ३७ लाख ६१ हजार दुई सय ९९ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट आज कुल कारोबार रकम एक अर्ब ४९ करोड ४३ लाख ९४ हजार छ सय १३ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये सामूहिक लगानी कोष र ट्रेडिङ समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा, फाइनान्स, जलविद्युत, लघुवित्त, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक र अन्य सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज खप्तड लघुवित्त वित्तीय संस्था, सिङ्गटी हाइड्रो पावर कम्पनी, बलेफी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेको छ भने ओरेन्टल होटल, सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी, ग्रीन लाइफ हाइड्रो पावर कम्पनी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्राली, नबिल बैंक, जीवन विकास लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।


 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update