Kath khabar
झण्डै तीन अंकले बढ्यो नेप्से



              काठमाडौं, मंसिर १३ । नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार दुई दशमलव ९९ अंकले बढेर १९ सय ५३ दशमलव ३५ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव शून्य आठ अंकले बढेर तीन सय ८२ दशमलव ६९ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय ३४ वटा कम्पनीहरुको १९ हजार ३६ पटकको कारोबारमा २५ लाख ८९ हजार नौ सय ९७ कित्ता शेयर खरिद  बिक्री भएको छ । जसबाट आज कुल कारोबार रकम ९५ करोड ७० लाख ६० हजार दुई सय २५ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, लगानी र ट्रेडिङ सहितका छ वटा समुहहरूको सूचक घटेका छन् भने विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, लघुवित्त, सामूहिक लगानी कोष र अन्य सहितका सात वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज धौलागिरी लघुवित्त वित्तीय संस्था, एनसीसी बैंक, वीन लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने ग्लोबल आईएमई ब्यालेन्स फण्ड १, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, सामलिङ पावर लिमिटेड, नेपाल एसबिआई बैंक आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, एनसीसी बैंक, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।


 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update