Kath khabar
तीन अंकले घट्यो नेप्से


             काठमाडौं, मंसिर १४ । नेप्से घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार तीन दशमलव ५१ अंकले घटेर १९ सय ४९ दशमलव ८५ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ८५ अंकले घटेर तीन सय ८१ दशमलव ८४ अंकमा सीमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय ३८ वटा कम्पनीहरुको १५ हजार छ सय ९१ पटकको कारोबारमा २३ लाख ५५ हजार आठ सय ४५ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ८४ करोड २६ लाख ९५ हजार तीन सय एक रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा लघुवित्त र ट्रेडिङ समुहले कमाएका छन् भने वाणिज्य बैंक, जलविद्युत, जीवनबिमा, निर्जीवन बीमा, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष र अन्य सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये ग्रीन लाइफ हाइड्रो पावर कम्पनी, खप्तड लघुवित्त वित्तीय संस्था, कुमारी धनबृद्धि योजना, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने लक्ष्मी इक्विटी फन्ड, बलेफी हाइड्रो पावर कम्पनी, ग्रीन लाइफ हाइड्रो पावर लिमिटेड, इर्मर्जिङ नेपाल लिमिटेड आदिको शेयर मुल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, नबिल बैंक आदि परेका छन् ।  

 

 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update