Kath khabar
काठमाडौंमा राति १२ बजेसम्म रेस्टुरेन्ट र बिहान ४ बजेसम्म क्लब-डिस्को  खोल्न पाइने


                     काठमाडौं, मंसिर १५ ।  सरकारले काठमाडौं उपत्यकामा रात्रिकालीन व्यापार, व्यवसाय र मनोरञ्जनको क्षेत्र सञ्चालनमा खुकुलो नियम ल्याएको छ ।

यसअघि १० बजे नै काठमाडौंमा पसल र मनोरञ्जनका व्यवसाय बन्द गराउने नियम रहेकोमा काठमाडौं जिल्ला सुरक्षा समितिले समय बढाएको हो । नयाँ नियम अनुसार रक्सी पसल राति १० बजेसम्म र रेस्टुरेन्टहरू राति १२ बजेसम्म सञ्चालन गर्न पाइने छ ।  

यस्तै डान्स, दोहोरी र लाउन्ज एन्ड बार राति २ बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । यस्तै क्लब र डिस्को बिहान ४ बजेसम्म चलाउन पाइने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update