Kath khabar
फिफा विश्वकप : आज दुई खेलहरु हुँदै

                

              काठमाडौँ, मंसिर १९। कतारमा जारी फिफा विश्वकपको प्रि-क्वाटरफाइनल अन्तर्गत आज सोमबार दुई खेलहरु हुँदैछन् ।

पहिलो खेल जापान र क्रोएसियाबीच अल जानुब रंगशालामा हुँदैछ । खेल राति ८ः४५ बजे सुरु हुनेछ । जापान समूह ‘ई’ बाट विजेता बन्दै र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

यस्तै दोस्रो खेल ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । खेल स्टेडियम ९७४ मा राति १२ः४५ बजे सुरु हुनेछ । ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । आज दुबै खेलका विजेताले क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।

आइतबार राति सम्पन्न भएको खेलमा सेनेगललाई ३-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  यस्तै आइतबार नै भएको अर्को खेलमा पोल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । फ्रान्सलाई जित दिलाउन फरवार्ड किलीयन एमबाप्पेले दुई गोल गरेका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update