Kath khabar
प्रि-क्वाटरफाइनलका अन्तिम दुई खेलहरुमा आज स्पेन र मोरक्को तथा पोर्चुगल र स्विट्जरल्याण्डबीच प्रतिस्पर्धा हुँदै

 

             काठमाडौं, मंसिर २०। कतारमा जारी फिफा विश्वकप फुटबलमा आज प्रि-क्वाटरफाइनलका अन्तिम दुई खेलहरु हुँदैछन् ।

पहिलो खेल एजुकेशन सिटी स्टेडियममा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ८ः४५ बजे शुरु हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छन् । मोरक्को समूह ‘एफ’ बाट विजेता बनेको हो भने स्पेन समूह ‘ई’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

आजै हुने दोस्रो खेलमा पोर्चुगल र स्विट्जरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। प्रि-क्वाटरफाइनलको अन्तिम यो खेल राति १२ः४५ बजे शुरु हुनेछ । लुसिल स्टेडियममा हुने यो खेलमा दुवै टिम विजयी बन्दै क्वाटर फाइनलमा पुग्ने योजनामा रहनेछन् । पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्याण्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका थिए ।

हालसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्यान्ड, क्रोएसिया र ब्राजिलले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् । मंगलबार बिहान भएको खेलमा दक्षिण कोरियालाई ४-१ गोलको अन्तरले हराउँदै ब्राजिल क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update