Kath khabar
सेगवेले उपत्यकामा १० वटा ईभी-चार्जिङ स्टेशन जडान गर्ने



             काठमाडौं, मंसिर २० । सेगवे-नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न उपत्यकाभर १० वटा ईभी-चार्जिङ स्टेशनहरू जडानगर्ने योजना घोषणा गरेको छ ।

यी चार्जिङ स्टेशनहरूमा छिटो चार्ज हुने फास्ट-चार्जरहरू उपलब्ध हुनेछन् र न्यूनतम समयमा धेरै राइडरहरूले चार्जिङ सेवा प्राप्त गर्नेछन् । सेगवेको यो शुरुवातले ग्राहकहरुको यात्रालाई थप चिन्तामुक्त र सुविधाजनक बनाउनेछ । सेगवे ई-स्कुटरका चालकहरुले कम चार्जको बारेमा चिन्ता र डर बिना लामो दुरीको यात्रा मज्जाले गर्न सक्नेछ ।

यो सुविधा फाइदामूलक हुनुका साथै प्रभावकारी हुनेछ किनकी यसले प्रत्येक चार्जिङको समयमा खपत भएको यूनिट ट्रयाक गर्दछ र चार्जरहरू फीट गर्न पनि सजिलो हुनेछ । सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहव प्रा.लि.ले भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गरिने बताएको छ ।

विद्युतीय सवारीसाधनहरू भविष्य हुन्, त्यसैले सेगवे-नाइनबटले विश्वव्यापी रूपमा प्रख्यात दुई पाङ्ग्रे सेल्फ-ब्यालेन्सिङ्ग निजी सावारी साधनहरू हालै बजारमा ल्याएको छ । नेपालमा सेगवे ईभी स्कुटरको क्रेज बढ्दै छन्, यसले ग्राहकहरुको प्रशंसा बटुल्नुका साथै यिनीहरुको फीचर र सजिलो ह्यान्डलिङमा अत्यधिक सकारात्मक प्रतिक्रिया पाएको छ। यसरी ईभी सवारी साधनहरूको प्रयोगकर्ता बढ्दै गएपछि कम्पनीहरूले देशभरका पहुँच योग्य स्थानहरूमा चार्जिङ स्टेशनहरू जडान थाल्ने भएको छ । चार्जिङ स्टेशनको स्थापनासँगै ग्राहकहरूको सेगवे प्रति विश्वास बढ्नेमा कम्पनी विश्वस्त रहेको छ ।

नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धन र बिक्री गर्ने धेरै कम्पनी छन् । आई हव प्रा. लिमिटेड नेपालमा विद्युतीय सवारी साधनको एक प्रतिष्ठित वितरक कम्पनी हो । बढ्दो क्रेजले कम्पनीलाई काठमाडौंमा चार्जिङ स्टेशनहरू बढाउन प्रेरित गरेको छ र उनीहरू त्यसतर्फ लागेका छन् ।

सेगवेले आफ्ना सम्पूर्ण उत्पादनहरूसँग आशाजनक गुणस्तर कायम राखेको छ र विभिन्न स्थानहरूमा चार्जिङ स्टेसनहरू स्थापना गरेसँगै ग्राहकहरूले कम्पनीबाट मूल्य अभिवृद्धि सेवाहरू प्राप्त गर्नेछन् । सेगवे विद्युतीय सवारी साधनमा ट्रेन्डसेटर हो । उपत्यकामा चार्जिङ स्टेसनहरू सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधनको बजारमा गतिशीलता क्रान्ति र नवीन समाधानहरू प्राप्त हुनेछन् ।

सेगवे नाइनबटको बारेमा
छोटो दूरीका लागि उपयोगी सवारीसाधन बनाउने विश्वप्रसिद्ध सेगवे नाइनबट कम्पनी सन् १९९९ मा संयुक्तराज्य अमेरिकाको बेडफोर्ड एनएचमा स्थापना भएको थियो । यो व्यावसायिक ग्रेड, इलेक्ट्रिक स्तरका र सेल्फ-ब्यालेन्सिङ निजी सवारीसाधन बनाउनमा विश्वकै उत्कृष्ट कम्पनी हो । नाइनबट बेइजिङमा २०१२ मा स्थापना भएको रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन, बिक्री र सेवालाई एकीकृत गर्ने एक अत्याधुनिक छोटो दूरीको यातायात उपकरण अपरेटर हो ।

२०१५ मा सेगवे र नाइनबटले रणनीतिक संयोजन पूरा गरेपछि सेगवे-नाइनबट अस्तित्वमा आएको थियो । हाल विश्वको ८० राष्ट्र तथा क्षेत्रहरुमा रहेको कम्पनीको व्यवसायको सहायक कम्पनीहरु बेइजिङ, सियाटल, बेडफोर्ड, लस एन्जलस, एम्स्टर्डम, सियोल, सिंगापुर, म्युनिख, चाङ्झाउ र टियानजिनमा रहेका छन् । विश्व-प्रसिद्ध बौद्धिक सम्पत्तिको साथ सेगवे-नाइनबटले प्रयोगकर्ताहरु र सम्पूर्ण उद्योगलाई भविष्यमा नेतृत्व गर्ने थप उत्पादनहरु सिर्जना गर्नेछ । सेगवे-नाइनबटको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक आइ हव प्रा. लि. हो ।

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update