Kath khabar
झण्डै पाँच अंकले घट्यो नेप्से



               काठमाडौं, मंसिर २० । अघिल्लो दिन घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि घटेको छ ।

नेप्से आज  चार दशमलव ८७ अंकले घटेर १९ सय ३३ दशमलव ८८ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव ५६ अंकले घटेर तीन सय ७८ दशमलव आठ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय ३८ वटा कम्पनीहरुको १९ हजार एक सय २१ पटकको कारोबारमा २५ लाख ८१ हजार चार सय २५ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ९६ करोड ५२ लाख १० हजार आठ सय ९९ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये जीवन बीमा, लघुवित्त र अन्य समुहले कमाएका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष र ट्रेडिङ सहितका १० वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज धौलागिरी लघुवित्त वित्तीय संस्था, सिटिजन्स म्युचुअल फण्ड-१, एनएमबी हाइब्रिड फण्ड-१ आदिको शेयर मूल्य बढेका छन् भने एनएमबी बैंक, बरुण हाइड्रो पावर लिमिटेड, युनाइटेड इदी मर्दी हाईड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, हिमालयन डिस्ट्रिलरी प्रालि, रिडी हाइड्रो पावर कम्पनी, आरएमडिसी लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।  


 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update