Kath khabar
फिफा विश्वकप २०२२ को क्वार्टरफाईनल समिकरण पुरा

 

            काठमाडौं, मंसिर २१ । फिफा विश्वकप २०२२ को क्वार्टरफाईनल समिकरण पुरा भएको छ । मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेलसँगै क्वार्टरफाईनलमा पुग्ने सबै ८ टोलीको टुंगो लागेको हो । प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

अब क्वार्टरफाइनल चरणका खेलहरु डिसेम्बर ९ शुक्रबारदेखि शुरु हुनेछ । क्वार्टरफाईनलमा पहिलो खेल शुक्रबार राति ८ः४५ बजे क्रोएशिया र ब्राजिलबीच हुनेछ । दोश्रो क्वार्टरफाईनल खेलमा मध्यरात १२ः४५ बजे नेदरल्याण्ड्सले अर्जेन्टिनासँग सामना गर्नेछ ।

यसैगरी तेश्रो क्वार्टरफाईनल डिसेम्बर १० तारिखमा शनिबार राति ८ः४५ बजे मोरक्को र पोर्चुगलबीच हुनेछ र सोही मध्यरात १२ः४५ बजे हुने अन्तिम क्वार्टरफाईनल खेलमा फ्रान्सले इङ्गल्याण्डसँग खेल्नेछ ।

प्रतियोगिताको सेमिफाईनल खेल डिसेम्बर १४ र १५ तारिखमा राति १२ः४५ हुनेछ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update