Kath khabar
नेप्सेमा उच्च गिरावट


                 काठमाडौं, मंसिर २१ । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से आज बुधबार पुन १६ दशमलव ६१ अंकले घटेर १९ सय १७ दशमलव २८ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४४ अंकले घटेर तीन सय ७३ दशमलव ६४ अंकमा सीमित हुन पुगेको छ ।

आज नेप्सेमा दुई सय ४६ वटा कम्पनीहरुको २० हजार ३१ पटकको कारोबारमा ८० लाख ९२ हजार सात सय १९ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये होटल तथा पर्यटन समुहको सूचक बढेपनि  वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १२ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएको कुल कम्पनीहरू मध्ये आज खप्तड लघुवित्त वित्तीय संस्था, नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, लक्ष्मी इक्विटी फण्ड, रिभर फल्स पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने नाडेप लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई बैंक, युनाइटेड इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सानिमा बैंकको संस्थापक शेयर, ग्लोबल आईएमई बैंक, बैंक अफ काठमाडौं लिमिटेड, नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था परेका छन् ।


 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update