Kath khabar
बिदेशिएका ४ सय १० जना श्रमिक सम्पर्क विहीन

 

                           काठमाडौं, पुस ७ ।  वैदेशिक रोजगारीमा गएका ४ सय १० जना नेपाली श्रमिक लामो समयदेखि सम्पर्क विहीन रहेको एक अध्ययनले देखाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको "नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२" मा विश्वका विभिन्न ४ देशमा ४ सय १० जना नेपाली श्रमिक हराएको उल्लेख छ । उनीहरु लामो समयदेखि सम्पर्कमा आउन नसकेका हुन् ।

सन् २०२१/२२ मा मात्रै सबैभन्दा धेरै यूएईमा २ सय ५४ जना हराएका छन् । जसमध्ये १९ महिला श्रमिक छन्, यूएईमा २०२० मा १० जना मात्रै हराएको तथ्यांक थियो । २०२१ मा त्यो संख्या बढेर १२ पुगेको थियो, तर १ वर्षमै यति ठूलो संख्यामा नेपाली श्रमिक हराएको प्रतिवेदनमा उल्लेख छ ।

यूएई पछि मलेसियामा यो संख्या धेरै छ, २०२१/२२ मा मलेसियामा १ सय पाँच जना हराएका छन् । मलेसियामा हराउने क्रम घटेको तथ्यांकले देखाएको छ । ३ वर्ष पहिले ३ सय जना हराएकोमा अहिले त्यो संख्या घटेको हो ।

यस्तै कुवेतमा पनि १० महिला सहित ४८ जना यो वर्ष हराएका छन् । यस्तै साउदी अरबमा २ र ओमानमा १ जना हराएका छन् । यो संख्या दूतावासमा वा परराष्ट्रमा खोजी गरिदिनको लागि आएका निवेदनका आधारमा तयार पारिएको प्रतिवेदनमा उल्लेख छ । 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update