Kath khabar
राष्ट्र बैंकको कडाइका कारण ई-सेवाद्वाराआन्तरिक रेमिट्यान्स कारोबार बन्द


                                काठमाडौं, पुस १९।  ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको छ ।

ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले पुस १७ गतेदेखि लागू हुनेगरी कारोबार पूर्ण रूपमा बन्द गरेको हो ।

रेमिट्यान्स कम्पनीको मुख्य काम देश बाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउन (ईनवार्ड रेमिट) रहेको भन्दै आन्तरिक रेमिट्यान्सलाई बन्द गरी विदेशी रेमिट्यान्समा वृद्धि गर्ने उद्देश्य ई-सेवा मनी ट्रान्सफरको रहेको जनाएको छ ।

ई-सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले आन्तरिक रेमिट्यान्स कारोबारलाई नियामक निकायले कडाइ गरेकाले कारोबार बन्द गरिएको बताएका छन् ।

उनले डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नुपरेको लगायत कारण आइतवबार देखि आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको बताएका छन् ।

सन् २०१९ मा ई-सेवा मनी ट्रान्सफरको स्थापना भएको थियो । सन् २०२० बाट ई-सेवा मनी ट्रान्सफर कारोबार सुरुवात गरेको थियो ।

प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपियाँ मात्र स्थानान्तरण गर्न पाउने व्यवस्था छ । अन्तरिक रेमिट्यान्स कारोबार बन्द भएपछि ई-सेवालाई ठूलो झट्का लागेको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update