Kath khabar
एकै दिन ३२ अंकले बढ्यो नेप्से

काठमाडौं, माघ ३ । नेप्से सुचक तथा कारोबार रकम दुबै नैं उच्च अंकले बढेका छन् । आज मंगलबार नेप्से ३२ दशमलव ७२ अंकले बढेर २१ सय ८२ दशमलव ११ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि चार दशमलव ५८ अंकले बढेर चार सय १५ दशमलव ८३ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय ५० वटा कम्पनीहरुको ६३ हजार चार सय ३० पटकको कारोबारमा एक करोड १८ लाख ८३ हजार दुई सय ८७ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ७२ करोड ४७ लाख ९४ हजार पाँच सय ८७ रुपैंयाँ पुग्न सफल भएको छ । 


नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा बाँणिज्य बैंक समुहको सुचक घटेर बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टेडिङ सहितका १२ वटा समुहहरुको सुचक बढेर हरियो भएको छ ।

 
कारोबार भएका कुल कम्पनीहरु मध्ये ग्रिन भेञ्र्चस लिमिटेड, आशा लघुवित्त वित्तीय संस्था, बाराही हाईड्रो पावर लिमिटेड, रिभरफल्स पावर लिमिटेड आदिको शेयर मुल्य बढेका छन् भने प्रभु सेलेक्ट फण्ड, सर्पोट लघुवित्त वित्तीय संस्था, सिंगटी हाईड्रो इर्नर्जी लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, रिडी हाईड्रो पावर कम्पनी लिमिटेड आदि परेका छन् । 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update