Kath khabar
पुस महिनामा मात्र ६५ हजार ४ सय युवाहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिए

 

                                  काठमाडौं, माघ ५ ।  पुस महिनामा वैदेशिक रोजगारीका लागि ६५ हजार ४ सयभन्दा धेरै युवाहरूले श्रम स्वीकृति लिएका छन्। उनीहरू नयाँ तथा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा पुगेका हुन्। 

पछिल्लो तथ्यांकअनुसार युवाहरूको रोजाइमा मलेसिया परेको छ। मलेसियाका लागि २० हजार ३ सयभन्दा धेरैले श्रम स्वीकृति लिएका छन्। 

त्यसपछि कतारका लागि १३ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन्। साउदीका लागि ११ हजार युएईका लागि ९ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन्। 

पुसमा नेपालीहरूले बहराइन, ओमन, जापान, दक्षिण कोरिया, इजिप्ट रोमानिया, टर्की लगायत १२० मुलुकका लागि लागि श्रम स्वीकृति लिएका छन्।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update