Kath khabar
दरम खोला हाइड्रो इनर्जीले साधारण शेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल


               काठमाडौं, माघ ६ । दरम खोला हाइड्रो इनर्जीले साधारण शेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासनको लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नियुक्ति सम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गर्नुभएको छ ।

दरम खोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने एक सय रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धमा उक्त सम्झौता भएको हो ।

दरम खोला हाइड्रो इनर्जी लिमिटेडको बाग्लुङको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update