Kath khabar
नेप्सेमा सुधार, आठ अंकले बढ्दा तीन अर्बको शेयर किनबेच

 


            काठमाडौं, माघ १० । नेप्सेमा सुधार देखिएको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार आठ दशमलव १४ अंकले बढेर २१ सय ७३ दशमलव २४ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ५३ अंकले बढेर चार सय १५ दशमलव ५४ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय ४८ वटा कम्पनीहरुको ५२ हजार चार सय ६० पटकको कारोबारमा ८३ लाख एक सय ८७ कित्ता शेयर किनबेच भएको छ । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ३२ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, उत्पादनमूलक, लगानी र सामूहिक लगानी कोष सहितका चार वटा समुहहरूको सूचक घटेका छन् भने विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, जलविद्युत, होटल तथा पर्यटन, लघुवित्त, अन्य र ट्रेडिङ सहितका नौ वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सानिमा जनरल इन्स्योरेन्स कम्पनी, शिवश्री हाइड्रो पावर कम्पनी, कृषि विकास बैंक आदिको शेयर मुल्य बढेका छन् भने मैलुङखोला जलविद्युत कम्पनी, एनआईबिएल समृद्धि फण्ड २, मन्दाकिनी हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, शिवश्री हाइड्रो पावर कम्पनी, अपि पावर लिमिटेड, एनआईसी एशिया बैंक आदिको बढी रकम कारोबार भएका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update