Kath khabar
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन, तोलामा कति पुग्यो ?

 

             काठमाडौं, माघ १२ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले हालसम्मकै उच्च मूल्य कायम गरेको छ ।

अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । अघिल्लो दिन एक लाख पाँच हजार सात सयमा कारोबार भएको थियो।

मंगलवार सुनको मूल्यले नयाँ रेकर्ड कायम थियो । उक्त दिन सुनको मूल्यमा रू एक लाख छ हजार तीन सय कायम भएको थियो । यस्तै, चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update