Kath khabar
सामान्य अंकले घट्यो नेप्से




             काठमाडौं, माघ १२ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से सामान्य अंकले घटेको छ । नेप्से आज शून्य दशमलव ४१ अंकले घटेर २१ सय ८३ दशमलव २१ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ पनि एक दशमलव १० अंकले घटेर चार सय १३ दशमलव १४ अंकमा झरेको छ । आज नेप्सेमा दुई सय ५४ वटा कम्पनीहरूको ४७ हजार नौ सय नौ पटकको कारोबारमा ७७ लाख ६४ हजार एक सय ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब ८६ करोड ८२ हजार आठ सय ३९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त, उत्पादनमूलक, सामूहिक लगानी कोष र अन्य सहितका सात वटा समुहहरूको सूचक घटेका छन् भने जीवन बीमा, निर्जीवन बीमा, जलविद्युत, होटल तथा पर्यटन, लगानी र ट्रेडिङ सहितका छ वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने समृद्धि फाइनान्स, ग्रीन भेन्चर्स लिमिटेड, लक्ष्मी उन्नति कोष आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, रिडी हाइड्रो पावर कम्पनी आदि परेका छन् ।


 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update