Kath khabar
प्रतितोला रु दुईसय रुपैयाँले बढ्यो सुनको मूल्य

 

          काठमाडौं, माघ १५ । आइतबार सुनको मूल्य प्रतितोला रु दुईसय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर तोलामा १ लाख ६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ८ सय र तेजाबी सुन प्रतितोला एक लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update