Kath khabar
नेप्से सूचक तथा कारोबार रकम दुबै घटे


             काठमाडौं, माघ १५ । नेप्से सूचक तथा कारोबार रकम दुबै घटेका छन् । आज आईतबार नेप्से १४ दशमलव ६८ अंकले घटेर २१ सय ६८ दशमलव ५३ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ८३ अंकले घटेर चार सय १० दशमलव ३१ अंकमा सीमित भएको छ । आज नेप्सेमा दुई सय ६७ वटा कम्पनीहरुको ५१ हजार नौ सय ७३ पटकको कारोबारमा ८२ लाख ७६ हजार सात सय ५१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसअनुसार आज कुल कारोबार रकम तीन अर्ब एक करोड ७० लाख ६३ हजार नौ सय ५६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १४ वटा समुहहरूको कारोबार भएको मध्ये होटल तथा पर्यटन र जीवन बीमा समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १२ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने समृद्धि फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था, एनआइबिएल प्रगति फण्ड, मन्दाकिनी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आईएमई जनरल इन्स्योरेन्स कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया बैंक आदि परेका छन् ।


 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update