Kath khabar
कलाकार दयाहाङ राई ई-सेवा मनी ट्रान्सफरको ब्राण्ड एम्बेसडरमा आवद्ध

 

                    काठमाडौं, माघ १६ ।  नेपालको सबैभन्दा ठुलो डिजिटल रेमिट्यान्स् कम्पनी ई-सेवा मनी ट्रान्सफरले कलाकार दयाहाङ राईलाई ब्राण्ड एम्बेसडरको रुपमा आवद्ध गरेको छ । यसअघि नायक राजेश हमाल पनि ब्राण्ड एम्बेसेडरका रुपमा ई-सेवा मनी ट्रान्सफरसँग आवद्ध रहेका थिए ।

राई ई-सेवा मनी ट्रान्सफरका युएईमा लगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरुसंँग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचार प्रसार मुलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने ई-सेवा मनी ट्रान्सफरले जनाएको छ ।

यस अवसरमा कलाकार राईले भने, ‘ई-सेवा मनी ट्रान्सफर जस्तो छोटो समयमा नै प्रगतिको शिखर चुम्न सफल रेमिट्यान्स कम्पनीसंग आवद्ध हुन पाउँदा म एकदमै खुशी र साथमा उत्साहित पनि छु । विदेश  गएर काम गर्दै आउनु भएका दाजुभाई, दिदीबहिनी संग भेट्न पनि म आतुर छु, यसले मलाई एक नेपालीको रुपमा वैधानिक माध्यमबाट मुलुकमा रेमिट्यान्स भित्राएर देशको अर्थतन्त्रलाई उजागर गर्न थप जिम्मेवारी बोध गराएको छ ।’

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले दयाहाङ्ग राइको नेपालमा मात्र नभएर युएई र सारा संसार भरि नै फ्यान फ्लोइङ एकदमै राम्रो रहेको बताए ।

कम्पनीको ब्राण्ड एम्बेसडरको रुपमा आवद्ध गर्न पाउँदा खुसी लागेका बताए । ई-सेवा मनी ट्रान्सफरले वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्दनका लागि यो अभियान शुरू गरेको थियो । 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update