Kath khabar
नेप्से रातै : ४१ अंकले घट्दा तीन अर्ब ३० करोडको कारोबार



              काठमाडौं, माघ १६ । नेप्से रातै देखिएको छ । आज सोमबार नेप्से ४१ दशमलव एक अंकले घटेर २१ सय २७ दशमलव ५२ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि सात दशमलव ३३ अंकले घटेर चार सय दुई दशमलव ९८ अंकमा सीमित भएको छ । आज नेप्सेमा दुई सय ५६ वटा कम्पनीहरुको ५७ हजार एक सय २६ पटकको कारोबारमा ८८ लाख ३६ हजार चार सय ८८ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम तीन अर्ब ३० करोड २२ लाख एक हजार आठ सय २५ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरूको सूचक घटेर नेप्से रातै भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बढी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, बाराही हाइड्रो पावर कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने युनाइटेड इदीमर्दी आरबी हाईड्रो पावर कम्पनी, स्वेत गंगा हाइड्रो पावर कम्पनी, न्यादी हाइड्रो पावर कम्पनी आदिको शेयर मुल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, अपी पावर लिमिटेड आदि परेका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update