Kath khabar
भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११० औँ स्थानमा


              काठमाडौं, माघ १७ । नेपाल भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा ११०औँ स्थानमा रहेको छ । विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलले मंगलबार भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई)-२०२२ सार्वजनिक गरेको छ । जसमा नेपाललाई १०० मा ३४ अंक दिएर ११०औं स्थानमा राखेको छ ।

यस वर्ष सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् । यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक (स्कोर) प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मानिने गरिएको छ ।

यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मूलुकमा भ्रष्टाचार गम्भिर समस्याको रुपमा रहेको उल्लेख गरिएको छ ।  सीपीआई २०२२ मा नेपाललाई १०० मा ३४ अङ्क ९११० औं स्थान) दिइएको छ । नेपालको अंकमा केहि सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको छ । भारत ४० अंकसहित भ्रष्टाचार हुने मुलुकको ८५औँ स्थानमा छ भने चीन ४५ अङ्क सहित ६५ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update