Kath khabar
ललितपुरका १० सहकारी संस्था खारेज

 

                    ललितपुर, फागुन १४ ।  ललितपुर महानगरले नियम पूरा नगर्ने १० सहकारी संस्था खारेज गरेको छ ।

महानगरले सहकारी ऐन,२०७५ को दफा २९ को उपदफा (२) बमोजिम काम नगरेको, आर्थिक वर्ष पूरा भएको ६ महिनाभित्र साधारणसभा नबोलाएको,लेखा परीक्षण गरी विवरण बुझाउनुपर्नेमा त्यसो नगरेकोले खारेज गरिएको बताइएको छ ।

खारेजमा पर्ने सहकारीहरुमा महिला सिप विकास बहुउद्दे्श्यीय सहकारी, बडीखेल पर्यटन सहकारी, प्रयास बहुउद्देश्यीय सहकारी, एभरग्रीन बचत तथा ऋण सहकारी, कुसुन्ती बहुउद्देश्यीय सहकारी, पारषीदेवि महिला बचत तथा ऋण सहकारी, राजवृक्ष जडिबुटी सहकारी, एभरेष्ट कृषि सहकारी, रातो सूर्य सूचना तथा सञ्चार सहकारी, भृगेश्वर उपभोक्त सहकारी संस्था रहेका छन् ।

 

sahakari1677391080.jpg

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update