Kath khabar
आज राति ८ देखि बिहान ८ बजे सम्म सानिमा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ नचल्ने

 

                      काठमाडौं, फागुन १९ ।  सानिमा बैंकको डिजिटल भुक्तानी सेवा आज राति अवरुद्ध हुने भएको छ । बैंकको डेटा माइग्रेसन सम्बन्धी काम हुन गइरहेकाले सेवा प्रभावित हुने भएको हो ।

"सानिमा बैंकको डेटा माइग्रेसन (Data Center Migration) सम्बन्धी कार्य हुन गइरहेकोले यस बैंकको सम्पूर्ण बैंकिङ तथा विद्युतीय भुक्तानीका सेवाहरू (एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड, इ-कम, कनेक्ट आईपीएस आदि) अवरुद्ध हुनेछन्," बैंकले एक सूचना जारी गर्दै लेखेको छ ।

डेटा माइग्रेसनका कारण शुक्रबार बेलुका ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म सम्पूर्ण बैंकिङ तथा डिजिटल भुक्तानी सेवा बन्द हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update