Kath khabar
नेपाल, युएई र पपुवान्युगिनीबीचको ट्राइसिरिज क्रिकेट टिकट माइपे वालेटबाट खरिद गर्दा २० प्रतिशत छुट



                  काठमाडौं, फागुन २१ । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको अन्तर्गत नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवान्युगिनी बीच हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको टिकट माइपे डिजिटल वालेटबाट बुकिङ गर्न सकिने भएको छ ।

खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा २० प्रतिशत छुटको ब्यवस्था समेत गरेको छ । माइपेका अनुसार टिकटको मूल्य रु १५० निर्धारण गरेकोमा माइपे डिजिटल वालेटमार्फत डिजिटल खरिदमा टिकटको मूल्य रु १२० मात्रै निर्धारण भएको हो । खेल आगामी फागुन २५ गतेदेखि टियु क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालन हुँदैछ ।

माइपेले डिजिटल टिकटलाई प्रोत्साहन गर्नका लागि टिकटमा छुटको ब्यवस्था गरेको माइपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिए । पछिल्ला खेलहरूमा नेपाली क्रिकेट दर्शकहरूको उत्साहजनक सहभागिता रहेकाले त्यसलाई निरन्तरता दिन सस्तो मूल्यको टिकट र त्यसमा पनि छुटको ब्यवस्था गरेको माइपेले जनाएको छ । माइपेले सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई टियू क्रिकेट मैदान पुगेर नेपाली खेलाडीलाई समर्थन र हौसला प्रदान गर्न समेत आह्वान गरेको छ ।


 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update