Kath khabar
फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतर्फ जाँदैछ : पर्यटनमन्त्री


                 काठमाडौं, वैशाख ११ । सोमबार राति एउटा इन्जिनमा समस्या आएपछि केहीबेर आकाशमै होल्ड भएको जहाज आफ्नो गन्तव्यतर्फ नै प्रस्थान गरेको छ । जहाज दुर्घटना हुनबाट बचेको छ ।

त्रिभुवन विमानस्थलबाट १६७ यात्रु लिएर दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ जहाज अहिले दुवईतर्फ नै प्रस्थान गरेको पर्यटन मन्त्री सुदन किँरातीले जानकारी दिनुभएको छ ।

ठूलो आवाज र आगोको झिल्को सहित जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो । विमानको दाहिने इञ्जिनमा समस्या भएको र पाइलटले अर्को इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update