Kath khabar
काठमाडौंबाट दुबईको लागि उडेको विमानमा समस्या, ठूलो आवाज सहित आगोको झिल्को देखियो


                  काठमाडौं, वैशाख ११ । सोमबार राति आकाशमा उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार राति दुबईका लागि उडेको विमान उडेको केहि क्षणमै इञ्जिन फेल भएको बताइएको छ । ललितपुरको इमाडोलबाट ठूलो आवाज सहित जहाजमा आगोको झिल्को देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ताले बताए । विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update