Kath khabar
नेपाल-यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि मैदानमा


                  काठमाडौं, चैत २ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल र यूएईबीच अन्तिम तथा निर्णायक खेल हुँदैछ ।

आजको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमेत टिुयू मैदान पुग्नुभएको छ । नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुग्नुभएको हो । आजको खेलमा जित निकाले नेपालले विश्वकप छनोटको खेल सिधैं खेल्न पाउँनेछ।

यस्तै एमाले अध्यक्ष केपि ओलीले पनि आजको खेलको लागि शुभकामना दिनुभएको छ । शुभकामनामा उहाँले भन्नुभएको छ -

"मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । ऊच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना १
राष्ट्र तपाईंहरुको साथमा छ, म तपाईंहरुको साथमा छु ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update