Kathkhabar
सुनको भाउ अहिलेसम्मकै उच्च, कति पुग्यो तोलामा ?


                        काठमाडौं, चैत ५ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको जनाएको छ ।

यसअघि सुनको उच्च मूल्यको कीर्तिमान तोलामा १ लाख ७ हजार ५०० रुपैयाँको थियो । योसँगै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार कायम भएको छ । यस्तै आज चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँ कायम थियो ।

यसअघि गएको माघ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७ हजार ५ रुपैयाँ पुगेको  थियो । भाउ अझै बढ्न सक्ने सङ्केत देखिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update