Kath khabar
हिजो उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज केहि घट्यो

 

                         काठमाडौं, चैत ६ । हिजो अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको भाउ आज केहि घटेको छ ।

सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर एक लाख ९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ। चाँदी आज तोलामा १५ रुपैयाँले घटेर एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको थियो ।

 

 

 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update