Kath khabar
आज बैंक वित्तीय संस्था तथा राहदानी विभाग पनि खुल्ने

 

                 काठमाडौं, चैत ७ । काठमाण्डौ उपत्यकामा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ने भएका छन् ।

काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबारलाई ध्यानमा राख्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई खुलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक-वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

यस्तै, राहदानी विभागले पनि आज घोडेजात्राको बिदाका दिन पनि सेवा दिने भएको छ । घोडेजात्राको दिन बिहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने विभागको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update