Kath khabar
प्रभु बैंकले दियो विद्यार्थीहरूलाई बैंकिङ साक्षरता



                 काठमाडौं, चैत १० । प्रभु बैंक लिमिटेडले विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको छ । बैंकले ‘ग्लोबल मनी विक’ कार्यक्रम अन्तर्गत विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको जानकारी दिएको छ ।  

ललितपुरको प्रसादी एकेडेमीमा कक्षा ११ मा अध्ययनरत १०० जना विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको प्रभु बैंकले जनाएको छ । उनीहरूलाई बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गराउनुको साथै बैंकिङ साक्षरता प्रदान गरिएको थियो ।

विद्यार्थीलाई ४ वटा समूहमा विभाजन गरेर बैंकको प्रधान कार्यालयको अवलोकन गराउनुको साथै बैंकबाट सञ्चालन/सम्पादन हुने विभिन्न क्रियाकलापहरुको बारेमा जानकारी गराइएको थियो । उनीहरूलाई बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार समेत गराइएको प्रभु बैंकका सिनियर नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले बताए ।

प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले बैंकले सम्पादन गर्ने कामका बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । त्यस अवसरमा विद्यार्थीलाई कापी, कलम लगायत शैक्षिक सामग्री समेत प्रदान गरिएको थियो ।


 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update