Kath khabar
नख्खु दोभानमा ‘चोभाक्य म्वल्हु’ जात्रा मनाउन भक्तजनको भीड

 

                काठमाडौँ, चैत १५ । सोमबार बिहान घामको किरणसँगै काठमाडौंको चोभार नजिक नख्खु र वाग्मती नदीको किनारमा ‘चोभाक्य म्वल्हु’ जात्रा मनाउन भक्तजनको भीड लागेको थियो। यो जात्रा चोभारको टुप्पोमा रहेको मन्दिरमा बस्ने आनन्दादी लोकेश्वर भगवानको लागि मनाइन्छ।

पौराणिक कथा अनुसार काठमाडौं उपत्यकाका ४ प्रमुख बोधिसत्व मध्ये एक, “आदिनाथ देवता” १५ शताब्दीको आसपासमा बागमती र नख्खु नदीको संगमस्थलमा ‘नख्खु दोभान’ मा भेटिएको थियो।

WhatsApp Image 2023-03-29 at 12.57.421680074247.jpeg

केही समय पछि पहाडको टुप्पोमा देवताको लागि मन्दिर बनाइयो। त्यसबेला देखि नै नख्खु दोभानमा बेलाबेलामा देवताको पूजा आराधना गर्नुपर्ने चलन र मान्यता रहेको छ। हरेक वर्ष चैतेदशैंका दिन पाइने ठाउँमा देवताको पूजा आराधना गर्ने जनविश्वास छ। प्रत्येक वर्ष चैत्र शुक्त अष्टमी वा चैते दशैंमा दोभानमा विशेष जात्रा “चोभाक्य म्वल्हु” मनाइन्छ।

पूजाको कार्यक्रम बिहान सबेरै सुरु हुन्छ। सामुदायिक पुजारीहरूले पूजाको नेतृत्व गर्छन्। भक्तहरू नदी किनारको वरिपरि भेला हुन्छन्, र आध्यात्मिक शुद्धिको प्रतीकको रूपमा पानी छर्काउँछन्। यस पूजामा उपस्थित भई भक्तजनले सुस्वास्थ्य र निको हुने देवताको आशीर्वाद लिन सक्ने जनविश्वास रहेको छ।

WhatsApp Image 2023-03-29 at 12.57.431680074219.jpeg

पूजाको कार्यक्रम पछि देवतालाई दिनभर वाग्मती किनारमा राखिन्छ। पाटन तथा कीर्तिपुरका भक्तजन दर्शन गर्न र आशीर्वाद लिन नख्खु दोभानमा आउँछन्। भक्तजनलाई सहज बनाउन ललितपुर वडा नम्बर ४ ले बागमती नदीमा अस्थायी पुल निर्माण गरेको छ। उक्त बाँसको पुलले नदी तर्ने क्रममा दुर्घटना र चोटपटकको जोखिमलाई पनि कम गरेको छ। उक्त ४ वडाले भक्तजनहरुको निमित्त स्वास्थ्य सिविर संचालन तथा अत्यावश्यक औषधिहरु पनि नि:शुल्क वितरण गरेको थियो।    

WhatsApp Image 2023-03-29 at 12.57.43 (1)1680074136.jpeg

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update