Kath khabar
चितवन-२ मा भारी मतान्तरसहित रवि लामिछाने निर्वाचित


                चितवन, वैशाख १२ । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तर सहित विजयी भएका छन् ।

लामिछाने ५४ हजार २७६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका जित नारायण श्रेष्ठले ११ हजार २५१ मत प्राप्त गरेका छन् । उनिहरुको मतान्तर ४२ हजार ९२५ रहेको छ ।

यस्तै, एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत ल्याएका छन् । गत मंसिर ४ गतेको चुनावमा रवि लामिछानेले ४९ हजार ३०० मत पाएर विजयी भएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update