Kath khabar
सुशासनको एजेन्डामार्फत समृद्धि ल्याउँछौँ: रवि लामिछाने

 

                      चितवन, वैशाख १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताउनुभएको छ ।

चितवन क्षेत्र नं २ बाट भारी मतसहित पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिँदै आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको उनले बताए ।

लामिछानेले सुशासनको आशा सबैभन्दा बढी गरिएको बताउँदै भने, “मेरो प्रमुख एजेन्डा सुशासन नै हो ।” यही अपेक्षालाई आफूले शिरोपर गरेको उनको भनाइ छ ।

“यही अपेक्षालाई आम जनताले अनुमोदन गरेको मैले महसुस गरेको छु ” उनले बताए । पहिलेको भन्दा धेरै मतका साथ विजयी हुँदै गर्दा जिम्मेवारी थपिएको भन्दै उनले राजनीतिक निर्णय गर्दा आफू थप जिम्मेवार भएर सोचेर गर्नुपर्ने अवस्थामा आएको बताए ।

लामिछानेले भने, “ठूला राजनीतिक निर्णय गर्दा आफू जिम्मेवार भएर सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । यसलाई जिम्मेवारीका साथ लिनेछु ।” अर्को प्रसङ्गमा उहाँले सरकारलाई गरेको समर्थन कतिपय अवस्थामा औचित्य नदेखिएको जस्तो आफूले पाएको बताए ।

यसबारेमा राजधानी फर्किए लगत्तै समीक्षा गरेर निर्णय गरिने उनको भनाइ थियो । “के भयो के भएन, त्यसका आधारमा सरकारलाई दिएको समर्थनको निरन्तरता दिने/नदिने बारेमा निर्णय गर्छौँ, अहिले त्यत्ति औचित्य देखिएको छैन ।”  लामिछानेले भने ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update