Kath khabar
रवि लामिछानेले लिए निर्वाचिन भएको प्रमाणपत्र


               चितवन, वैशाख १२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र लिएका छन् । चितवन २ बाट भारी मतान्तरले विजयी भएका लामिछानेलाई निर्वाचन कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो ।

लामिछानेले ५४ हजार २७६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्दि नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । उनीहरुबीचको मतान्तर ४३ हजार २५ रहेको छ । यस्तै, एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत ल्याएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update