Kath khabar
सिम्रिक एअरको हेलिकप्टर सम्पर्क विहीन

 

                संखुवासभा, वैशाख २२ ।  संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर सम्पर्क विहीन भएको छ। 

संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले हेलिकप्टर सम्पर्क विहीन भएको बताए। सिम्रिक एयरको एयरपोर्ट कार्यालयले पनि अरूण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको हेलिकप्टर सम्पर्क विहीन भएको जानकारी दिएको छ।

हेलिकप्टर दुर्घटना भएकोबारे जानकारी प्राप्त भएको र अहिले प्रहरी टोली त्यसतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले पनि हेलिकप्टर सम्पर्क विहीन भएको जानकारी दिनुभएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update