Kath khabar
'गुन्यू चोली तथा सांस्कृतिक पोशाक सचेतना राष्ट्रिय अभियान' को छैठौ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न

 

                 काठमाडौं, वैशाख २३ । ‘नेपाल संस्कृति संरक्षण समाज अन्तर्गत “गुन्यू चोली तथा सांस्कृतिक पोशाक सचेतना राष्ट्रिय अभियान” को छैठौ वार्षिकोत्सव तथा साधारण सभा आज वैशाख २३ गते शनिवार सम्पन्न भएको छ ।

प्रदेश नं ३ का उपसभामुख अप्सरा चापागाईँको प्रमुख आतिथ्यमामा सम्पन्न भएको कार्यक्रममा शहरी विकास आयुक्त काठमाण्डौका जानुका ढकाल विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो । यस्तै कार्यक्रममा अतिथिको रुपमा राष्ट्रिय पोशाक घरका अध्यक्ष राजानन्द मान्डव्य साथै चर्चित गायिका रितु कँडेलको पनि उपस्थिति रहेको थियो ।

विदेशी पहिरनको प्रभावले गर्दा नेपाली महिलाहरुमा मौलिक पहिचान झल्कने पोशाक चोलो र फरियाको प्रयोग कम हुँदै गइरहेको छ, तसर्थ नेपाली महिलाहरूको परम्परागत सांस्कृतिक मौलिक पहिरन 'चौबन्दी चोलो र फरियालाई संरक्षण र सम्वर्द्धन गर्दै सबै महिलाहरुले लगाउने सकारात्मक वातावरण बनाऔँ' भन्ने मूल नाराका साथ आज शनिबार पुरानो बानेश्वर बत्तिसपुतलीस्थित बाजेको सेकुवा हलमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा सभापतित्वको भूमिका निभाउनुभएकी संस्थाका अध्यक्ष लक्ष्मी ओझाको लेखमा रहेको गीत गायिका रितु कँडेलले प्रस्तुत गर्नुभएको थियो । साथै विभिन्न जातजातिको पहिरनलाई मध्यनजर गरी साना बालबालिकाद्धारा जातीय स्वरुपमा पोशाकको पहिरन पहिचान गराउँदै कार्यक्रममा अझ बढि नेपालीपन झल्काउने प्रयास गरिएको थियो । कार्यक्रममा ग्रीन भ्यालीद्धारा सहयोग स्वरुप संस्थालाई बिरुवाहरू पनि प्रदान गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update