Kath khabar
झण्डै तीन अंकले घट्यो नेप्से



                    काठमाडौं, वैशाख २७ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से आज बुधबार भने घटेको छ । नेप्से आज दुई दशमलव ४३ अंकले घटेर १८ सय ४१ दशमलव ९३ अंकमा खुम्चिएको छ ।

यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ४५ अंकले घटेर तीन सय ५३ दशमलव ८० अंकमा खुम्चिएको छ । नेप्सेमा आज दुई सय ६५ वटा कम्पनीहरूको १६ हजार एक सय पटकको कारोबारमा १९ लाख ४२ हजार छ सय २६ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ५८ करोड ९१ लाख ७७ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, जीवन बीमा, विकास बैंक, लगानी, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका आठ वटा समुहहरूको सूचक घटेका छन् भने निर्जीवन बीमा, फाइनान्स, उत्पादनमूलक, लघुवित्त सहितका पाँच वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये हिमाल दोलखा हाइड्रो पावर कम्पनी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने एनसीसी बैंकको ऋणपत्र, जाल्पा लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमाल दोलखा हाइड्रो पावर कम्पनी, शिवम् सिमेन्ट आदि परेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update