Kath khabar
नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ५७ करोड ८८ लाखमा खुम्चियो


          काठमाडौं, वैशाख २८ । नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज बिहीबार पनि तीन दशमलव ३४ अंकले घटेर १८ सय ३८ दशमलव ५९ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ७१ अंकले घटेर तीन सय ५३ दशमलव शून्य नौं अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ५९ वटा कम्पनीहरुको १६ हजार दुई सय चार पटकको कारोबारमा २१ लाख पाँच हजार छ सय ५७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम ५७ करोड ८८ लाख ४१ हजार पाँच सय ९३ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक,  जीवन बीमा र सामूहिक लगानी कोष समुहको सूचक बढेका छन् भने विकास बैंक, जलविद्युत समुहको, निर्जीवन बीमा, फाइनान्स, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य ट्रेडिङ समुहहरूको सूचक घटेर रातै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्य आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कुमारी इक्विटी फण्ड, आदिको शेयर मूल्य बढेका छन् भने फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम, ग्लोबल आईएमई बैंकको संस्थापक शेयर, हिमाल दोलखा हाइड्रो पावर कम्पनी, एनआईसी एशिया बैंक आदि परेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update