Kath khabar
नेप्से घट्यो, कारोबार रकम भने बढ्यो


                         काठमाडौं, वैशाख ३१ । साताको पहिलो कारोबार दिन आज आज आइतबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । नेप्से आज १६ दशमलव ९६ अंकले घटेर १८ सय २१ दशमलव ६४ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ५२ अंकले घटेर तीन सय ४९ दशमलव ५८ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ६३ वटा कम्पनीहरूको २२ हजार सात सय २९ पटकको कारोबारमा २७ लाख ८८ हजार आठ सय १५ कित्ता खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ९० करोड पाँच लाख ८३ हजार आठ सय ५६ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये लगानी समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १२ वटा समुहहरूको सूचक उच्च अंकले घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, नागरिक लगानी कोष आदिको शेयर मूल्य बढेका छन् भने राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, नागरिक लगानी कोष आदि परेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update