Kath khabar
नेप्सेमा झिनो अंकले गिरावट, कारोबार रकम ७२ करोडमा खुम्चियो


 
                काठमाडौं, जेठ १ । साताको दोस्रो कारोबार दिन आज सोमबार पनि नेप्से घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज पुन तीन दशमलव ३४ अंकले घटेर १८ सय १८ दशमलव ३१ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ५७ अंकले घटेर तीन सय ४९ दशमलव एक अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ६६ वटा कम्पनीहरुको २० हजार एक सय ५८ वटा कारोबारमा २३ लाख ४१ हजार दुई सय ४० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ७२ करोड ४९ लाख ६९ हजार नौं सय ८० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा वाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, जलविद्युत, होटल तथा पर्यटन, लगानी, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका नौं वटा समुहहरूको सूचक घटेका छन् भने विकास बैंक, फाइनान्स, उत्पादनमूलक र लघुवित्त सहितका चार वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज एनआईबिएल ग्रोथ फण्ड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, नयाँ सारथी लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी, इष्टर्न हाइड्रो पावर लिमिटेड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गनैं कम्पनीहरूको सुचीमा भने एनआईसी एशिया बैंक, नागरिक लगानी कोष, लुम्बिनी विकास बैंक आदि परेका छन् । 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update