Kath khabar
झण्डै चार अंकले बढ्यो नेप्से



                काठमाडौं, जेठ २ । नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार भने तीन दशमलव २९ अंकले बढेर १८ सय २१ दशमलव ६० अंकमा पुग्न सफल भएको छ । सेन्सिटिभ भने आज शून्य दशमलव शून्य एक अङ्कले घटेर तीन सय ४९ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ६९ वटा कम्पनीहरूको १८ हजार आठ सय ८९ पटकको कारोबारमा २० लाख ६३ हजार सात सय ३७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ६४ करोड एक लाख १७ हजार दुई सय ६० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा वाणिज्य बैंक र अन्य समुहको सूचक घटेका छन् भने विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त ट्रेडिङ सहितका ११ वटा समुहहरूको सूचक उच्च अंकले बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, हिमालयन ऊर्जा विकास कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने माईखोला हाइड्रोपावर कम्पनी लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने एनआईसी एशिया बैंक, हिमालयन बैंक, नबिल बैंक आदि परेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update