Kath khabar
नेप्सेमा उछाल : सबै सूचक बढ्दा नेप्से पुरै हरियो


                 काठमाडौं, जेठ ३ । नेप्सेमा उछाल आएको छ । यसअघि सामान्य अंकले बढेको नेप्से आज बुधबार भने २३ दशमलव ३९ अंकले बढेर १८ सय ५४ दशमलव एक अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ चार अंकले बढेर तीन सय ५२ दशमलव ९४ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ६६ वटा कम्पनीहरूको २५ हजार छ सय ३४ पटकको कारोबारमा २५ लाख ७७ हजार दुई सय १० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, जलविद्युत, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरूको सूचक पनि बढेर हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, वीन लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा माईखोला हाइड्रोपावर लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक आदि परेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update