Kath khabar
नेप्सेमा उच्च वृद्धि : कारोबार रकम बढेर एक अर्ब ४७ करोड नाघ्यो


                  काठमाडौं, जेठ ४ । नेप्से उच्च अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से ३२ दशमलव ३० अंकले बढेर १८ सय ७७ दशमलव ३२ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव २३ अंकले बढेर तीन सय ५८ दशमलव १८ अंकमा कायम हुन पुगेको छ ।

नेप्सेमा आज दुई सय ६४ वटा कम्पनीहरुको ३२ हजार पाँच सय ७९ पटकको कारोबारमा ४४ लाख २२ हजार एक सय ८६ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार तीन सय ८८ रुपैंयाँको शेयर किनबेच भएको छ । नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो देखिएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज हिमालयन ऊर्जा विकास कम्पनी, सिन्धु विकास बैंक, बरुण हाइड्रो पावर कम्पनी, चन्द्रागिरी हिल्स लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा एनआईबिएल ग्रोथ फण्ड, इन्फिफिनीटी लघुवित्त वित्तीय संस्था, राप्ती हाइड्रोपावर एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम, एनआईसी एशिया बैंक, शिवम् सिमेन्ट, तारागाँउ रिजेन्सी होटल आदि परेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update