Kath khabar
नेप्सेमा झण्डै छ अंकको वृद्धि

 

                     काठमाडौं, जेठ ७ । साताको पहिलो कारोबार दिन आज आइतबार नैं नेप्से बढेको छ । नेप्से आज पाँच दशमलव ८८ अंकले बढेर १८ सय ८३ दशमलव २० अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव १४ अंकले बढेर तीन सय ५८ दशमलव ३३ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ७३ वटा कम्पनीहरुको ३४ हजार तीन सय ३१ पटकको कारोबारमा ४८ लाख २८ हजार सात सय ७६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम एक अर्ब ६० करोड चार लाख ९२ हजार सात सय ३१ रुपैयाँ ५३ पैसा कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा वाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका नौ वटा समुहहरूको सूचक बढेका छन् भने विकास बैैंक, जलविद्युत, फाइनान्स र उत्पादनमूलक समुहको सूचक पनि घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज राष्ट्रिय बीमा कम्पनी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने आर्दश लघुवित्त वित्तीय संस्था, इष्टर्न हाइड्रो पावर कम्पनी, ग्रीन लाइफ हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, राष्ट्रिय बीमा कम्पनी, शिवम् सिमेन्ट, तारागाउँ रिजेन्सी होटल आदि परेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update