Kath khabar
नेप्सेको उच्च वृद्धि कायम नै, सूचक तथा कारोबार रकम दुबै बढे


                  काठमाडौं, जेठ १० । नेप्से आज बुधबार पनि बढेको छ । नेप्से आज १६ दशमलव ४९ अंकले बढेर १९ सय ५९ दशमलव १२ अंकमा चढ्न पुगेको छ ।

यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ५८ अंकले बढेर तीन सय ७१ दशमलव ३१ अंकमा कायम भएको छ । नेप्सेमा आज दुई सय ७० वटा कम्पनीहरुको ३४ हजार आठ सय ४१ पटकको कारोबारमा ४८ लाख ६५ हजार चार सय ७५ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम एक अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये फाइनान्स, जलविद्युत र सामूहिक लगानी कोष समुहको सूचक घटेर वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहहरूको सूचक बढेर हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, नाडेप लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सानिमा इक्विटी फण्ड, अजोड इन्स्योरेन्स कम्पनी, सबैको लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।

 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update