Kath khabar
ठमेलस्थित 'एलओडी' क्लब फेरि पनि विश्वकै उत्कृष्ट मध्ये ४९औं स्थानमा



               काठमाडौं, जेठ १० । ठमेलस्थित एलओडी क्लब ’लर्ड अफ द ड्रिंक्स’ फेरि पनि विश्वकै उत्कृष्ट क्लबमध्ये ४९औं स्थानमा पर्न सफल भएको छ ।

केही समय अघि क्लब ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो । सन् २०२३ का लागि विश्वभरिका सय उत्कृष्ट नाइट क्लबमध्ये ठमेलको एलओडी ४९औं लोकप्रिय नाइट क्लब बन्न सफल भएको हो ।

युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औं स्थानमा परेको हो । बेलायतको मासिक पत्रिका डीजे म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । 

यसअघि सन् २०२२ का लागि ’एलओडी’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५२औं स्थानमा प्रवेश गरेको थियो । यस पटक पनि एलओडी डिजे म्याग टप १०० को छनौट भएर ४९औं स्थानमा पर्न सफल भएको क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए । क्लबसँगै राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भएको क्लबका निर्देशक कुँवर बताउँछन् । कुँवरका अनुसार उक्त क्याम्पियनमा विश्वभरिका पाँच सय क्लब सहभागी भएका थिए ।

नेपालबाट विश्वका सय उत्कृष्ट क्लब भित्र पर्दा नेपालका क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम विश्वसामु चिनाउने गरी काम गरेको निर्देशक कुँवर बताउँछन् । एलओडीले नेपालमा पारिवारिक क्लबिंग अनुभवको नयाँ आयाम थप्दै गएको निर्देशक कुँवर बताउँछन् । क्लबलाई उत्कृष्ट स्थानमा पार्न सबै जनाको साथ र सहयोग रहेको कुँवरले बताए ।

डीजे म्यागले सो तथ्याङ्क सार्वजनिक गरेसँगै यो उपलब्धिले एलओडी क्लबलाई नेपालको नम्बर वान क्लबको रूपमा फेरी पनि चिनाउन सफल भएको छ ।  एलओडीले नेपालको क्लबिंग संस्कृतिलाई प्रवर्द्धन गरी, क्लब प्रेमीहरूलाई उदाहरणीय क्लबिंग अनुभव प्रदान गर्दै आएको छ । 

गुणस्तरीय सेवा सुविधाहरू साथै आधुनिक प्रविधि, जीवन्त वातावरण र गुणस्तरीय संगीतले आकर्षण गर्दै आएको एलओडी निरन्तर रूपमा क्लबिंग अनुभव रोमाञ्चक बनाउन अघि बढ्दै गएको पाइन्छरात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई क्लबले आकर्षण गरेको छ ।  

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update